
एजेन्सी । भारत सरकारले चामल निर्यात लगाएको प्रतिबन्धको असर अमेरिकी बजारमा देखिएको छ । भारतबाट अमेरिका चामल जान छोडेपछि त्यहाका सुपरमार्केटमा चामल किन्न मानिसको भीड लागेको छ । विगतमा भातरले अमेरिकामा ठूलो मात्रामा चामल निकासी हुन्थ्यो । अहिले भने भारतले बासमती चामलबाहेक सबै प्रकारका काँचो चामल निकासीमा रोक लगाएको छ ।
यद्यपि बासमती चामल भारतबाट ठूलो मात्रामा निकासी हुने गरेको छ । गैर–बासमती चामलको आन्तरिक मूल्य बढेपछि सरकारले निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो । यसपछि अमेरिकामा चामल किन्नको लागि मच्चिएको अराजकताको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
सामाजिक सञ्जालमा भाइरल भइरहेका किनमेलका भिडियो र तस्बिरहरू हेर्दा भारतले चामल निकासीमा लगाएको प्रतिबन्धको असरको अनुमान गर्न सकिन्छ । स्थानीय मानिसहरूले त्यहाँ पसलहरूको भिडियो ट्विटरमा सेयर गरिरहेका छन्। यससँग सम्बन्धित समाचारमा भने बिदा दिएर चामल किन्न लाइन लाग्ने गरेको समेत बताइएको छ । पसलभित्र प्रत्येक व्यक्ति १०–१० प्याकेट चामल किनेको देखिन्छ । यहाँ ९ किलो चामलको प्याकेट २७ डलर ९२२१५ रुपैयाँ० मा बिक्री भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस