aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

पूर्व–पश्चिम रेल निर्माणको लागि जग्गाको मुआब्जा धमाधम बाँड्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ असोज २०७६
पूर्व–पश्चिम रेल निर्माणको लागि जग्गाको मुआब्जा धमाधम बाँड्दै

काठमाडौं । देश भर बन्न लागेको सम्पूर्ण रेलको लागि ४० खर्ब बजेट लाग्ने भएको छ । हाल सम्म मेट्रो रेल, क्रस बोर्डर रेल र पूर्व पश्चिम रेलको लागि निमार्ण कार्यमा १४ खर्ब बजेट खर्च भएको रेल विभागले जनाएको छ । 

त्यस्तै नेपालमा २००८ साल देखि नै पर्व पश्चिम रेल सञ्चालन हुने कुराले तिब्रता  पाइरहेको छ । तर उक्त सञ्चालनको लागि हाल सम्म पनि बजेट अभाव रहेको देखिन्छ । 

पर्व पश्चिम रेल सञ्चालन गर्नको लागि १० खर्ब बजेट आवश्यक रहेको छ । यो आर्थिक वर्षमा पर्व पश्चिम रेलको लागि ७ अर्ब बजेट छुट्याइएको छ । गत आर्थिक वर्षमा ४ अर्ब बजेट छुट्याएको रेल विभागको भनाइ छ । 

पर्व पश्चिम रेल निर्माण गर्ने क्रममा हाल वर्दिबास देखि निजगढ सम्मको जग्गाधनीलाई जग्गाको मुल्याङकन गरेर मुआब्जा बाढ्ने काम धमाधम भैरहेको रेल विभागका सिभिल इन्जिनियर किरण कार्कीले बताए । 

पर्व पश्चिम रेल निर्माणको लागि पूर्व मेची देखि पश्चिम महाकाली सम्मको डिपिआर १ वर्ष अगाडि नै तयार भएको थयो । अहिले लालबन्दि देखि बर्दिबाससम्म ट्याक विछ्याउने काम भैरहेको रेल विभागले जनाएको छ ।  

सन् २००८ देखि नै पूर्वपश्चिम रेलमार्गको अवधारणा बनाएर काम सुरु भए पनि निर्माणको कामले जनता र सरकारको लक्ष्यअनुसार गति लिन सकेको छैन । 

बर्दिबास देखि निजगढ सम्म ७० किलोमिटरमा सिभिल बक्सको काम भैरहेको इन्जिनियर कार्कीले बताए । 
 

प्रतिक्रिया दिनुहोस