aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

साढे आठ अर्ब लागतमा अपर चमेलिया जलविद्युत् आयोजना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०८ साउन २०८०
साढे आठ अर्ब लागतमा अपर चमेलिया जलविद्युत् आयोजना

दार्चुला । दार्चुला र बैतडीको सीमा भएर बग्ने चमेलिया नदीमा ४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत् आयोजनाको आज  उद्घाटन गरिएको छ । गत शुक्रबार परीक्षण गरिएको अपर चमेलियाको दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशी, जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक तर्कराज पाण्डे र मार्मा गाउँपालिका अध्यक्ष जमनसिंह धामीले संयुक्तरूपमा उद्घाटन गरेका हुन् ।  

उत्पादित विद्युत्लाई शैल्यशिखर नगरपालिका–१ बलाचस्थित सवस्टेशनमार्फत राष्ट्रिय प्रसारणमा जोडिएको कम्पनीका प्रबन्ध निर्देशक सञ्जीव न्यौपानेले बताए । उनका अनुसार रु आठ अर्ब ५० करोड लागतमा ३० महिनामा आयोजना सम्पन्न भएको हो ।  
 

प्रतिक्रिया दिनुहोस