aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०९ साउन २०८०
नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको कालिखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–४ स्थित कालिखोलामा आज बिहान पहिरो खसेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार सो सडकखण्ड भएर चल्ने सवारीसाधन दुईतर्फी नै रोकिएका छन् । उनले भने, “पहिरो पन्छाउने क्रम सुरु गरिएको छ । पानी परिरहेकाले पहिरो पन्छाउन कति समय लाग्ने भन्न  सकिँदैन ।”

प्रतिक्रिया दिनुहोस