aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

निर्वाचन खर्च विवरण नबुझाउने २४ सय उम्मेदवारलाई कारबाही (सूचीसहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०९ साउन २०८०
निर्वाचन खर्च विवरण नबुझाउने २४ सय उम्मेदवारलाई कारबाही (सूचीसहित)

काठमाडौं । निर्वाचन आयोगले तोकिएको समयभित्र चुनावी खर्च विवरण नबुझाउने उम्मेदवारलाई कारबाही गरेको छ । गत मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा उम्मेदवारी भई कानुनले तोकेको समयभित्र निर्वाचन खर्चको विवरण पेस नगर्ने उम्मेदवारलाई आयोगले कारबाही गरेको हो ।  

गएको निर्वाचनमा प्रतिनिधि सभातर्फका २३७४ जना र प्रदेश सभातर्फका ३१८८ जना समेत जम्मा ५५६२ जना उम्मेदवारहरू रहेका थिए । उनीहरुलाई निर्वाचन खर्चको विवरण सार्वजनिक गरेको लिखित जानकारी आफू उम्मेदवार रहेको प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा गराउन निर्देशन दिइएको थियो । 

तर, तोकिएको समयभित्र निर्वाचन खर्चको विवरण सार्वजनिक नगर्ने प्रतिनिधि सभातर्फका १०३७ जना र प्रदेश सभातर्फका १३९८ जना समेत जम्मा २४३५ जना उम्मेदवारहरूलाई जनही १५ हजार रुपैयाँका दरले जरिवाना गर्ने निर्णय भएको छ । 

जरिवाना लागेका उम्मेदवारले ३५ दिनभित्र राजस्व दाखिला गरी सोको भौचर सहितको निवेदन निर्वाचन आयोग वा सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्न आयोगले भनेको छ । यसका साथै निर्वाचन खर्चको विवरण सात दिनभित्र सार्वजनिक गरी सो को जानकारी सम्बन्धित निर्वाचन कार्यालयमा सात दिनभित्र निवेदनसहित पेस गर्न पुनः आदेश दिने निर्णय भएको निर्वाचन आयोगले जनाएको छ ।  

त्यस्तै, जरिवाना बापतको रकम तोकिएको समयभित्र नबुझाउने उम्मेदवारहरूलाई तत्काल हुने एक निर्वाचनमा भाग लिन नपाउने गरी रोक लगाउने र जरिवाना बापतको रकम सरकारी बाँकी सरह असुल उपर गर्न केन्द्रीय तहसिल कार्यालयमा लेखी पठाउने आयोगले जनाएको छ । 

हेरौँ, सूची

 

 

प्रतिक्रिया दिनुहोस