aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

कोशी प्रदेशको सरकार गठनविरुद्धको रिट सुनुवाइ बुधबार हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १० साउन २०८०
कोशी प्रदेशको सरकार गठनविरुद्धको रिट सुनुवाइ बुधबार हुने

काठमाडौं । कोशी प्रदेश सरकार गठन असंवैधानिक भएको भन्ने प्रश्न उठाउँदै दायर गरिएको रिट निवेदनमाथिको सुनुवाइ पूर्ण इजलासमा हुने भएको छ । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा मंगलबार सुनुवाइ हुँदाहुँदै समय नपुगेपछि बुधबारका लागि हेर्दाहेर्दैमा राखिएको हो ।  

न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले सोमबार उक्त रिटमाथिको सुनुवाइ पूर्ण इजलासबाट हुने आदेश दिएको थियोे । कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्ति प्रक्रिया असंवैधानिक भएको उल्लेख गर्दै गत असार २२ गते निर्वतमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।  

उक्त रिटमाथिको प्रारम्भिक सुनुवाइ गर्दै गत असार २७ गते न्यायाधीश सपनाप्रधान मल्लको एकल इजलासले कोशी प्रदेश सरकारका नाममा दूरगामी असर पर्ने गरी काम नगर्न र लिखित जवाफ पेस गर्न आदेश गरेको थियो ।

प्रतिक्रिया दिनुहोस