aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

सम्पर्कविहीन रहेका २२ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १० साउन २०८०
सम्पर्कविहीन रहेका २२ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह

काठमाडौं । नेपाल प्रहरीले सम्पर्कविहीन रहेका २२ जना प्रहरीलाई सम्पर्कमा आउन आग्रह गरेको छ । प्रहरी प्रधान कार्यालयले सूचना जारी गदैं आफूखुशी कार्यालयमा गैरहाजिर रहेक २२ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन भनेको हो ।   

गैरहाजिरी रहेका एकजना प्रहरी हवलदार, पाँच जना प्रहरी सहायक हवलदार  र १६ जना प्रहरी जवानलाई स्पष्टीकरणसहित सात दिनभित्र सम्पर्कमा आउन भनिएको छ । प्रहरी वृत्त बालाजुमा दरबन्दी रहेका सुनिता महर्जन, नेपाल प्रहरी पहरा गण, गुल्म १ सामाखुशीमा दरबन्दी भएका  सरू कार्की, कोशी प्रदेश प्रहरी गण, विराटनगरमा दरबन्दी भएका कृष्णदेव चौहान र प्रहरी हवलदारमा इलाका प्रहरी  कार्यालय काभ्रेपलाञ्चोकमा दरबन्दी भएका प्रेमराज दुरा सम्पर्कविहीन भएका हुन् । 

त्यस्तै, सम्पर्कमा नरहेका चितवनमा दरबन्दी रहेका धर्मेन्द्र सिंह र जिल्ला प्रहरी कार्यालय गुल्मीको अपराध नियन्त्रणा तथा अनुसन्धान शाखामा दरबन्दी रहेका मेष बहादुर राना गरी पाँच जना प्रहरी सहायक हवलदारहरू रहेका छन् । 

प्रहरी जवानहरूमा सन्जिव देवकोटा, अर्मिला डि.सी  सोनाम लामा, कविता पौडेल, पूर्ण पौडेल, अनिल कार्की, नरेन्द्र  कुमार साह, रामकुमार याक्सो, बसन्त कुमार यादव, अमरनाथ पासवान, सुनिल टोमाटा , महेन्द्र थापा, किरण कुँवर, सूर्य मगर, अमित कार्की र बिपिन बिक्रम विष्ट पनि सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।   


 
 

प्रतिक्रिया दिनुहोस