
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सुन तस्करीबारे आयोग नै बनाएर छानबिन गर्नु पर्ने माग गरेको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले बुधवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै यस्तो माग गरेका हुन् ।
बैठकमा उनले भने, ‘सुन तस्करका नाइकेहरूलाई संरक्षण दिने जोगाउने, हामीले यति त गर्यौ नि भनेर भन्ने काम नगरियोस् । यसको अनुसन्धान जरासम्म पुगोस् । केही मानिसहरूका नाम पनि हरू प्रकरणमा आएका छन् । अनुसन्धान प्रक्रिया सशक्त ढङ्गले अगाडी बढोस् । अहिले भइरहेको अनुसन्धानको नाममा झारो टार्ने कामले जरासम्म पुग्न सकिँदैन । विशेष छानबिन आयोग बन्नु पर्छ ।’
साथै नेपाली सेनको सङ्ख्या घटाउने र औचित्यको विषयमा एक्कासि बहस चल्ने काम कसको खुसीको लागि हो भनेर उनले प्रश्न समेत गरे । कसैको उक्साहटको कारण यस्तो विषय आएको हुनसक्ने उनले आशङ्का समेत जनाए । खर्च कटौतीको नाममा सेना विहीन राज्य परिकल्पना गरेको विषय रक्षामन्त्रीले स्पष्ट धारणा दिनु पर्ने उनले माग गरे ।
प्रतिक्रिया दिनुहोस