aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

एनआरएनए जापानको महासचिवमा कमल बाँस्तोलाको उम्मेदवारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १० साउन २०८०
एनआरएनए जापानको महासचिवमा कमल बाँस्तोलाको उम्मेदवारी

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको महासचिवमा कमल बाँस्तोलाले उम्मेदवारी दिने भएका छन् । एक दशकभन्दा लामो समयदेखि जापानमा बस्दै आएका बाँस्तोलाले महासचिवमा उम्मेदवारी दिने तयारी गरेका हुन् । 

जापानमा रहेका नेपालीहरूको हकहितका लागि सक्रिय भएर लागेका छन् । कास्की पोखरामा जन्मिएका बाँस्तोलाले नेपालबाट विज्ञान विषयमा पृथ्वीनारायण क्याम्पसबाट स्नातक तह उत्र्तिण गरेका थिए । जापानमा विद्यार्थी भिसा मार्फत प्रवेश गरेका थिए । ४ वर्ष जापानमा अध्ययन गरिसकेपछि विगत १० वर्षदेखि जापानी कम्पनीमा कार्यरत छन् । 

जापानीज भाषामा पोख्त रहेका उनी जापानमा विभिन्न सामाजिक कार्यमा समेत सक्रिय हुदै आएका छन् । जापान र नेपालमा काम गर्दै गर्दा संस्थालाई कसरी अगाडि बढाउनुपर्छ भन्ने राम्रो जानकारी राखेका छन् । सोही आधारमा एनआरएनएको महासचिव पदमा उम्मेदवारी दिन लागेको बताए । 
 

प्रतिक्रिया दिनुहोस