aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

शनिबार थाई महोत्सव आयोजना हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ असोज २०७६
शनिबार थाई महोत्सव आयोजना हुने

काठमाडौं । थाई दूतावासले शनिबार थाई महोत्सव आयोजना गर्ने भएको छ । नेपाल र थाइल्याण्डको मित्रता भएको ६३ बर्षको उपलक्ष्यमा शनिबार एक दिनको लागि थाई महोत्सव आयोजना गर्ने भएको हो । 

महोत्सवको मुख्य उद्देश्य भनेको नेपाल र थाइल्याण्डको मित्रतालाई अझ बलियो बनाउन महोत्सव आयोजना गर्न लागेको थाइ दुतावास काठमाडौंले जनाएको छ । थाई संस्कृति, उत्पादन, पर्यटन निमार्ण सम्बन्धीका सरसमानलाई नेपालमा परिचित गराउनको  लागि सो आयोजना गर्ने भएको हो । 

थाइ महोत्सवमा थाईल्याण्डबाट १६ जनाको टिम नेपाल आउने भएको थाइ दुतावास जनाएको छ । महोत्सव साङ्ग्रिला होटल, लाजिमपाटमा शनिबार बिहान १० बजेदेखि ६ बजेसम्म हुने भएको छ । 

प्रतिक्रिया दिनुहोस