aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

स्रोत नखुलेको पाँच लाख नगदसहित एक जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ११ साउन २०८०
स्रोत नखुलेको पाँच लाख नगदसहित एक जना पक्राउ

धनुषा । स्रोत नखुलेको पाँच लाख नगदसहित एक जना पक्राउ परेका छन् । जनक नन्दनी गाउँपालिका ३ महुवा ढालाबाट स्रोत नखुलेको नगद ४ लाख ९९ हजार रुपैयाँसहित सोही गाउँपालिका ६ कठाल बस्ने ३५ वर्षीय मिनेष कुमार यादवलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय खजुरीबाट खटिएको प्रहरीले प्रदेश–२–०२–००१ प २०२३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा स्रोत नखुलेको उक्त  गदससहित फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यसैबिच काठमाडौं महानगरपालिका ९ अन्तर्राष्ट्रिय विमास्थलबाट अवैध रुपमा भन्सार छलि लैजान लागेको सुन जस्तो देखिने करिब ५८ ग्राम पहेँलो धातुको ब्रासलेट १ थानसहित भारतीय नागरिक ३० वर्षीय इमरान सिराजलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । हिमालय एयरलाईन्सको उडानद्वारा दोहा कतारबाट काठमाडौं आएका सिराजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा प्रहरीले जाँच गर्ने क्रममा लुकाई छिपाई लैजान लागेको अवस्थामा उक्त ब्रासलेटसहित फेला पारी पक्राउ गरेको हो । 

प्रतिक्रिया दिनुहोस