
एजेन्सी । चिनियाँ कम्पनीहरुले विश्वको पहिलो ५-जी प्रविधिको प्रयोग सहितको अन्तराष्ट्रिय एयरपोर्ट संचालनमा ल्याएका छन् । राष्ट्रपति सी जिन पिङ्गले बेइजिङ्ग दक्षिङ्ग अन्तराष्ट्रिय एयरपोर्ट बुधबार उद्घाटन गरेपछि संसारले ५-जी प्रणाली जडित पहिलो उड्यान क्षेत्र प्राप्त गरेको हो ।
समाचारहरुमा जनाइए अनुसार चाइना इस्टर्न एयर्लाइन्स, हुवावे र चाइना युनिकमको संयुक्त प्रयासबाट यो सम्भव भएको हो । अब त्यहाँबाट यात्रा गर्ने यात्रुहरुले आफ्नो अनुहार मात्र देखाएर नै बोडिंग पास, चेक इन र सटल बससम्मको यात्रा कुनै परिचयपत्र नदेखाई कनै पुरा गर्न सक्छन् । उनीहरुको सम्पूर्ण विवरण मात्र अनुहार हेरेर नै सुरक्षा प्रणालीले प्राप्त गर्ने छ ।
त्यहाँ जडित ५-जी नेटवर्कको डाउनलोड गति १। २ जीबी प्रतिसेकेन्ड छ भने अपलोड गति १ जीबी प्रति सेकेन्ड छ । यो गति ४-जी को भन्दा १० गुणा बढी हो । त्यहाँ खटिएका कर्मचारीको चस्मामा त्यो प्रणाली जडान गरिएको छ जसले यात्रुलाई देख्ने बित्तिकै कहाँ जानुपर्ने हो त्यो जानकारी दिन्छ । यदि यात्रु गलत ठाउमा प्रवेश गर्न लागेको हो भने तुरुन्तै जानकारी भैहाल्छ ।
त्यसैगरी यो एयरपोर्टबाट यात्रा गर्दा यात्रुले आफ्नो लगेजको बारेमा जानकारी लिन कुनै कागजात बोक्नु पर्दैन । यात्रुले एउटा एप डाउनलोड गरेर त्यसमा बार्कोड हाल्ने बित्तिकै लगेज कहाँ पुग्यो भन्ने जानकारी त्यसैले दिन्छ ।
प्रतिक्रिया दिनुहोस