aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

बङ्गलादेशमा सुन तस्कर पोद्दार पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ११ साउन २०८०
बङ्गलादेशमा सुन तस्कर पोद्दार पक्राउ

एजेन्सी । बङ्गलादेशको चुआडाङ्गाको दर्शना उपजिल्लाको सुल्तानपुर सीमामा बिहीबार त्यहाँको सीमा सुरक्षा बलले एक सुन तस्करलाई पक्राउ गरेको छ । बङ्गलादेशका सीमा सुरक्षा सदस्यले दुई किलोग्रामभन्दा बढी तौलका चार वटा सुनका डल्ला सहित तस्करलाई पक्राउ गरेको युनाइटेड न्युज अफ बङ्गलादेशले समाचारमा उल्लेख गरेको छ  ।

पक्राउ पर्नेमा गाजीपुरको टोङ्गी थाना अन्तर्गत टुंगीभोरन गाउँका हरिसधन पोद्दारका ४७ वर्षीय छोरा कुसुम पोद्दार हुन् । बङ्गलादेशबाट भारततर्फ सुन तस्करी हुने सूचनाका आधारमा सीमा बलको टोलीले सुल्तानपुर सिमानाको हाततपारा रेल क्रसिङ क्षेत्रमा कारबाही गरेको युनाइटेड न्युज अफ बङ्गलादेशले जनाएको छ ।

कुसुम पोद्दारको उपस्थिति देखेर बिजिबीका जवानहरूले उनलाई रोकिन चुनौती दिएका थिए । पोद्दारलाई बिहीबार  बिहान ७ बजेतिर उक्त क्षेत्रबाट नियन्त्रणमा लिएको बताइएको छ।

पछि उनको साथबाट २ करोड २० लाख रुपैयाँ बराबरको चार वटा सुन बरामद भएको थियो । दर्शना प्रहरी चौकीमा मुद्दा दर्ता गरी बरामद सुन सरकारी कोषमा जम्मा गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस