aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

आँखा अस्पतालमा कर्मचारी भर्ना लिदा पनि भ्रष्टचार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १२ साउन २०८०
आँखा अस्पतालमा कर्मचारी भर्ना लिदा पनि भ्रष्टचार

काठमाडौं । नेपाल आँखा अस्पतालमा चरम भ्रष्टचार बढेको गुनासो आएको छ । अस्पतालमा कर्मचारी भर्ना समेत आफ्ना मान्छे भर्ति गरेर भ्रष्टचार गरेको देखिएको छ ।  कर्मचारी भर्ना समितिमा सचिव मेडिकल डाइरेटर प्रमूख प्रशासक र डा. डि.विं कार्कीले आफ्ना मान्छे मात्र अस्पतालमा भर्ना गरेको अस्पताले स्रोतले बताएको छ । 
 
आफ्ना मान्छेहरु त्यही अस्पतालमा कर्मचारीको रुपमा काम गरि जागिरबाट राजिनामा दिँदा आजिवन सदस्य दिने गरेको छ । माधव प्रसाद शिवाकोटी, केदार कार्की,ओमकार घिमिरे माधव शिवाकोटीलाई नेपाल आंखा अस्पतालले आजिवन सदस्य दिने गरेको छ । 

बायो इन्जिनियर जागीरबाट अबकास भएपछि पनि आजिव सदस्य रहेका छन् । अस्पतालका वायो इन्जिनियरले राजिनामा पछि कुनै सप्लायरसँग आवद्ध हस्पिटलको लागि मेसिन खरिद गर्दा सेटिङ्ग मिलाएर खरिद गर्ने गरेको छ । उक्त विभागका केदार कार्की भन्ने व्यक्ति डि वि. कार्कीको भतिजा रहेको अस्पताल स्रोतले बताएको छ । 


 

प्रतिक्रिया दिनुहोस