aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

‘अतिविशिष्ट र विशिष्ट व्यक्तिले अब विदेशमा उपचार गर्ने खर्च पाउँदैनन्‌’ : मन्त्री बस्नेत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १२ साउन २०८०
‘अतिविशिष्ट र विशिष्ट व्यक्तिले अब विदेशमा उपचार गर्ने खर्च पाउँदैनन्‌’ : मन्त्री बस्नेत

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनकुमार बस्नेतले वीर अस्पतालमा सेवा हुँदा हुँदै अतिविशिष्ट ९भिभिआइपी० र विशिष्ट ९भिआइपी० व्यक्तिहरु विदेशमा उपचार गर्न गएमा सरकारले खर्च नदिने बताएका छन्‌ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) को एक सय ३४औँ वार्षिकोत्सवका अवसरमा मन्त्री बस्नेतले इतिहास बोकेको सो अस्पतालमा भिआइपी र भिभिआइपी क्याबिन विस्तार गरिएको १५ जना चिकित्सकको टोली परिचालन गरिएकाले अतिविशिष्ट र विशिष्टदेखि आम सर्वसाधारणलाई स्वास्थ्य सेवा दिन सक्षम छ भन्ने सन्देश विश्वलाई दिनुपर्ने बताए । उनले यस कार्यमा कुनै कमजोरी नगर्न अस्पतालको व्यवस्थापनलाई आग्रह गर्दै मन्त्रालयले आवश्यक सहजीकरण गर्ने विश्वास दिलाए ।

कस्तुरीले आफ्नो बास्ना थाहा नपाए झैँ वीर अस्पतालले आफ्नो सेवाको गुणस्तर र क्षमताबारे आफैँले थाहा नपाएजस्तो हुन नहुनेमा जोड दिँदै उनले आफूले मन्त्रालयले नेतृत्व लिएपछि राष्ट्रिय योजना आयोगले घटाएर ल्याएको बजेटको सिलिङमा करिव १० अर्ब थपेको सुनाए ।

समाज सेवामा नाफा लिने नियत गलत राख्न नहुने उल्लेख गर्दै उनले १० प्रतिशत गरिब, विपन्न, बेवारिसे तथा असाहाय केन्द्रीय अस्पतालमा तीन हजार ५२३ शय्या निःशुल्क र सरकारी अस्पतालमा विद्युतीय टिकट अनिवार्य गराइएकाले बिरामीलाई सेवा दिने सवालमा कुनै सम्झौता नगर्न पनि निर्देशन दिए । हाल वीर अस्पतालका सात शय्या विपन्नका लागि निःशुल्क गरिएको छ । ओपिडी सेवा बिहान ०८ बजेदेखि सञ्चालन गरिएको छ ।

मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रका दक्ष जनशक्तिलाई स्वदेशमै काम गर्न सक्ने सहज वातावरण निर्माण गर्ने जनाए । ‘कुनै बेला यही वीर अस्पतालले दस महिनासम्म कर्मचारीलाई तलव खुवाउन नसक्ने अवस्था खेपेको थियो ।’ उनले भने, ‘अहिले उत्साहजनकरुपमा सेवा सुविधा र व्यवस्थापनसमेतमा सुधार आएको छ । म यसमा तपाईँहरुलाई धन्यवाद दिन चाहान्छु । अझै सेवाको स्तर बढाउने काममा दत्तचित्त भएर लाग्नुस् । सुशासन कायम गर्नुस् । तपाईँहरुको सेवा सुविधा अपुग भएमा सरकारले प्रबन्ध गर्नेछ । म मन्त्रीको हैसियतले अशल अभिभावको भूमिका खेल्नेछु ।’ कार्यक्रममा मन्त्री बस्नेतले उत्कृष्ट कार्यसम्पादन गर्ने चिकित्सक, कर्मचारी र स्वास्थ्यकर्मीलाई विभिन्न पुरस्कारबाट सम्मान प्रदान गरेका थिए ।

कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी सचिव देवकुमारी गुरागाईले वीर अस्पताल देशको स्वास्थ्य क्षेत्रको बिम्ब भएकाले यसको विकासमा मन्त्रालयले हरदम सहयोग गर्ने जनाए । चिकित्सा विज्ञान राष्टिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्राडा भुपेन्द्र बस्नेतले न्याम्सले दक्ष जनशक्ति उत्पादनलाई महत्त्वका साथ अगाडि बढाइरहेको बताउँदै निकट भविष्यमै आईसियुको सङ्ख्या बढाएर सञ्चालन गरिने जनाए ।

वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले १५ शय्याबाट सुरु भएको अस्पतालमा अहिले ९६६ शय्या सञ्चालन हुन थाले पनि सो अनुसार बजेट बृदि हुन नसकेको बताए । चालु आर्थिक वर्षमा अस्पतालका लागि रु ७३ करोड मात्र बजेट विनियोजन छ ।

प्रतिक्रिया दिनुहोस