aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

अब एटीएम बुथमा चौबीसै घण्टा सुरक्षा पहरा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १० असोज २०७६
अब एटीएम बुथमा चौबीसै घण्टा सुरक्षा पहरा

काठमाडौं । अबदेखि बैङ्क तथा वित्तीय संस्थाहरूले एटीएम बुथमा चौबीसै घण्टा सुरक्षा पहरा दिनुपर्ने भएको छ। नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाका एटीएम बुथमा चौबीसै घण्टा सुरक्षा गार्ड राख्नुपर्ने व्यवस्था गरेको हो।

बैङ्क तथा वित्तीय संस्थाहरूको प्रणाली नै ह्याक गरी ठूला एटीएमहरूबाट ठूलो परिमाणमा रकम निकालिने क्रम बढेपछि केन्द्रीय बैङ्कले नयाँ व्यवस्था गरेको हो। नेपाल राष्ट्र बैङ्कले बिहीबार त्यससम्बन्धी निर्देशन जारी गरेको हो। राष्ट्र बैङ्कले एटीएम बुथमा कुनै व्यक्ति वा समूहबाट शङ्कास्पद गतिविधि भएको शङ्का लागेमा यथाशीघ्र संस्थाले तोकेको पदाधिकारी तथा निकायमा सूचित गराउने व्यवस्था मिलाउनसमेत निर्देशन दिएको छ।

त्यसैगरी राष्ट्र बैङ्कले बैङ्किङ प्रणलीमा हुने ह्याकिङ रोक्न हरेक संस्थाले सूचना प्रविधि सम्बन्धमा आकस्मिक सहायता समूह गठन गरी कार्यान्वयनमा ल्याउन र संस्थाको प्रणालीमा कुनै किसिमको साइबर आक्रमण, शङ्कास्पद गतिविधि वा अनधिकृत पहुँच भएमा तत्काल सो को जानकारी राष्ट्र बैङ्कको भुक्तानी प्रणाली विभागमा गराउन निर्देशन दिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस