aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १४ साउन २०८०
पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा । तिनाउ गाउँपालिका–३ स्थित ड्यामसाइड क्षेत्रमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।  जिल्ला प्रहरी कार्यालय पाल्पाले गएरातिदेखि खसेको पहिरो पन्छाउने प्रयास भइरहेको जनाएको छ । सडक अवरुद्ध हुँदा यात्रु तथा सवारीसाधन बीचबाटोमै अलपत्र परेका छन् ।

माथिबाट ठूलो ढुङ्गासहित अझै पहिरो खस्ने खतरा रहेको जनाइएको छ । बेला–बेलामा पाल्पा–बुटवल सडकको सिद्धबाबा क्षेत्रमा पहिरो खसेर समस्या भइरहेको छ । सडकमाथिबाट चट्टानसहितको पहिरो खसेर वर्षायाम मात्र नभई अन्य समय पनि यात्रा गर्ने यात्रु तथा सवारीसाधनले सास्ती भोग्नुपरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस