aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

सुन प्रकरणः ठमेलको भियना होटेलमा छापा, एक जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १४ साउन २०८०
सुन प्रकरणः ठमेलको भियना होटेलमा छापा, एक जना पक्राउ

काठमाडौं । एक क्विन्टल सुन प्रकरणमा राजस्व अनुसन्धान विभागले ठमेलको एक होटेलमा छापा मारेको छ । आज विहान विभागले उक्त होटलमा छापा मार्दा दावा छिरिङ नाम गरेका एक जनालाई पक्राउ गरेको छ ।   

चीनको हंडकङबाट ‘ब्रेक शु’ भित्र आएको सुन विमानस्थलको भन्सार जाँच पास भए बाहिरिएपछि राजस्वको टोलीले बरामद गरेको थियो । सोहि प्रकरणमा छिरिङको समेत संलग्नता देखिएको आशंकामा विभागले उनलाई केहि कागजातसहित पक्राउ गरेको हो । 

उनीसंगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या १९ पुगेको छ । उक्त सुनबारे थप अनुसन्धान भइरहेको विभागले जनाएको छ ।   
 

प्रतिक्रिया दिनुहोस