aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएपछि सिंगापुर पनि चिन्तित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १४ साउन २०८०
भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएपछि सिंगापुर पनि चिन्तित

एजेन्सी । सिङ्गापुरले गैर–बासमती सेतो चामल निकासीमा लगाइएको प्रतिबन्धबाट छुट पाउन भारतीय अधिकारीसँग सम्पर्क बढाएको छ । सिंगापुर फुड एजेन्सीले शुक्रबार एक विज्ञप्तिमा लेखेको छ, ‘सिंगापुर फुड एजेन्सी विभिन्न स्रोतबाट विभिन्न प्रकारका चामलको आयात बढाउन आयातकर्ताहरूसँग मिलेर काम गरिरहेको छ।’ 

आगामी चाडपर्वमा आन्तरिक आपूर्ति बढाउन र खुद्रा मूल्यलाई नियन्त्रणमा राख्न भारत सरकारले गत २० जुलाइ गैर–बासमती सेतो चामलको निर्यातमा प्रतिबन्ध लगाएको थियो। भारतबाट सिङ्गापुर निर्यात हुने कुल चामलको २५ प्रतिशत बासमती बाहेकको सेतो चामलको हुन्छ।

एजेन्सीले सन् २०२२ मा सिंगापुरबाट आयातित चामलमा भारतको हिस्सा ४० प्रतिशत रहेको बताएको छ । सिंगापुरले ३० भन्दा बढी देशबाट चामल आयात गर्छ ।

भारतले चालु आर्थिक वर्षको पहिलो (अप्रिल–जून) त्रैमासिकमा करिब १५.५४ लाख टन चामल निकासी गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ११.५५ लाख टन मात्र थियो ।

प्रतिक्रिया दिनुहोस