काठमाडौं । लघुवित्त वित्तीय संस्थाले बस्ने बास खोसिदिएपछि न्यायको खोजीमा देशभरका लघुवित्त पीडितहरू माइतीघर मण्डलामा धर्नामा छन् । लामो समयदेखि उनीहरू न्यायको खोजीमा माइतीघरमा आएर त्रिपाल टाँगेर बसेका हुन् ।
त्यसरी धर्नामा बसेकाहरूलाई आइतबार जय महाकाल युवा समूहले खाना खुवाइरहेको थियो । यस समूहले भोकालाई भोजन, प्यासीलाई पानी पिलाउँदै आएको छ ।
लघुवित्त पीडितहरू धमाधम खाना खाँदै थिए । तर, एकाएक साउने झरी पर्यो । उनीहरूले खाँदै गरेको खाना समेत बगाइदियो ।

प्रतिक्रिया दिनुहोस