aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

छुट्नुहोला है चाँडै गर्नुहोस्, ८० प्रतिशत भइसक्यो हवाई टिकट बुकिङ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १० असोज २०७६
छुट्नुहोला है चाँडै गर्नुहोस्, ८० प्रतिशत भइसक्यो हवाई टिकट बुकिङ

काठमाडौं । दसैंमा लामो दुरीको बसको टिकट बुकिङ गर्न नपाएपछि यात्रुमा निराशा छाएको छ। काठमाडौंमा अध्ययनरत डोटीका दिल जोरा दसैंमा घर फर्कन बसको टिकट नपाएपछि बिहीबार गंगबुस्थित बसपार्कबाट खालिहात फर्किए । 'हिजोसम्म परीक्षाका कारण टिकट लिन आउन भ्याइएन,' जोराले नागरिकसँग भने 'अत्तरियासम्मको टिकट पनि पाइएन।' बसको क्याबिन पनि प्याक भइसकेको जानकारी पाउँदा आफूलाई पत्याउन गाह्रो लागेको भन्दै उनले थपे, 'अब २५ घन्टासम्म मुडामा यात्रा गर्नुको विकल्प छैन।

उनी त प्रतिनिधि मात्र हुन् । अधिकांश ठाउँको टिकट बुकिङ भइसकेकाले दसैंमा गाउँ फर्कने यात्रु विकल्प सोच्न बाध्य छन् । बसको विकल्पमा हवाई टिकट लिन खोजे पनि अधिकांश हवाई कम्पनीले दसैंसम्मको टिकट बुक भइसकेको जनाएका छन् । वायुसेवा कम्पनीका अनुसार बिहीबारसम्म अधिकांश गन्तव्यको ८० प्रतिशत टिकट बुकिङ भएर फर्केने टिकटमा पनि चाप देखिन थालिसकेको छ। भद्रपुर, विराटनगर, राजविराज, भैरहवा र नेपालगन्जमा उडान भरिरहेको श्री एयरलाइन्सले ८० प्रतिशतभन्दा बढी टिकट बुकिङ भइसकेको जनाएको छ। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस