नयाँ दिल्ली । खुला ठाउँमा शौच गरेको भन्दै भारतमा दुई दलित बालबालिकाको हत्या भएको छ। भारतको मध्य प्रदेशस्थित एक गाउँका १२ वर्षीया रोश्नी र १० वर्षीय अविनाशलाई गाउँको सडकनजिकै खुला ठाउँमा शौच गरिरहेका बेला बुधबार आक्रमण गरिएको थियो।
प्रहरीले दुई दलित बालबालिकाको हत्या गरेको अभियोगमा भारतको मध्य प्रदेशका दुईजनालाई पक्राउ गरिएको जनाएको छ। म आफ्नो घरमा शौचालय नभएका कारण खुला ठाउँमा शौच गर्नु परेको हत्या गरिएका बालबालिकाका परिवारले बताएका छन् ।
भारतमा गरिब परिवारका करोडौं मानिसले खुला ठाउँमा शौच गर्ने गरेका छन्, जसका कारण बालबालिका र महिला विशेषगरी खतरामा पर्ने गरेका छन्। दलित समुदायलाई संरक्षण गर्ने कानुन भारतमा विद्यमान भए पनि उनीहरू भेदभावमा पर्ने गरेका छन् । 'लौरोले हानेर दुई बालबालिकाको हत्या गरिएको छ,' प्रहरी सुपरिटेन्डेन्ट राजेस चान्डेलले जानकारी दिएका छन् । 'दुवैजना आरोपितमाथि हामीले हत्या मुद्दा लगाएका छौं । यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस