aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

अडुकियाको घरमा छापा मार्दा केहि नभेटिएपछि कारखानामा छापा

  • आजको नागरिक दैनिकबाट
    आजको नागरिक दैनिकबाट
  • सोमबार, १५ साउन २०८०
अडुकियाको घरमा छापा मार्दा केहि नभेटिएपछि कारखानामा छापा

काठमाडौं । करिब सय किलो सुन तस्करीमा मुछिएका विवादास्पद व्यापारी राकेशकुमार अडुकियाको घरमा छापा मार्दा फेला पार्न नसकी विभागको टोली केही कागजात मात्र लिएर फर्केको छ । कमलपोखरीस्थित अडुकियाको घरमा छापा मारेको विभागको टोलीको नजर मालिगाउँस्थित कारखानामा भने परेको छैन ।

हङकङमा कार्यालय खोलेर सुन तस्करीमा लागेका अडुकियाले चाँदीमा मिसाएर सुन तस्करी गरिरहेका थिए । उनले चाँदीमा मिसाएर ल्याएको सुन छुट्याउन मालीगाउँमा कारखाना खोलेको बताइएको छ । विभागको टोलीले त्यहाँ नपुगी घरमा मात्रै छापा मारेको एक व्यापारीले बताए । 

उनले विगत लामो समयदेखि चाँदीको कारोबार गर्दै आएको थियो । विमानस्थल भन्सारमा चाँदीको राजस्व तिरेर सुन ल्याउने र काठमाडौंमा छुट्याउने गरिएको थियो, उनले भने । राजस्व अनुसन्धान विभागले खोजी गरिरहेका अडुकियाका बाबुछोराले नै मुलुक छाडेको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस