aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

संसद्‌ अवरोध खुलाउन प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच छलफल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ साउन २०८०
संसद्‌ अवरोध खुलाउन प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच छलफल

काठमाडौं । संसद्को अवरोध खुलाउने लगायत समसामयिक राजनीतिक विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा प्रतिनिधिसभाको बैठक सहज ढङ्गले सञ्चालन गर्ने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आइतबार पनि प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो ।

एमालेले हाल सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै संसद्‌ अवरोध गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस