aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

ताजा हावा खान भन्दै महिलाले विमानकाे इमर्जेन्सी ढाेका खाेलिदिएपछि....

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १० असोज २०७६
ताजा हावा खान भन्दै महिलाले विमानकाे इमर्जेन्सी ढाेका खाेलिदिएपछि....

एजेन्सी । चीनमा एक महिलाले हवाइजहाजमा यस्तो हर्कत गरिन्, जुन सुन्दा आश्चर्यचकित हुनुको विकल्प रहँदैन । हवाइजहाजमा बसेपछि ती महिलाले उकुसमुकुस भएको ‘ताजा हावा’ खान प्लेनको इमर्जेन्सी ढोका नै खोलिदिइन् ।

ति महिलाको हर्कत देखेर सँगै बसेको अन्य यात्रुको सातो गयो । गत सोमबार चीनको वुहानबाट से लेन्जहोउ शहरको लागि उड्न लागेको जियामेन एयरलाइन्सभित्र यो घटना हुन पुगेको थियो ।

विमानभित्र छिरेर आफ्नो सिटमा बस्नेबित्तिकै ति महिलालाई उकुसमुकस महशुस भयो । तब उनले ताजा हावा खानको लागि आपतकालीन ढोका खोलिन् ।

उनीसँगै बसेका एक यात्रुले उनलाई रोक्नको लागि प्रयास पनि गरे । तर ति महिलाले ढोका नखोलि छोडिनन् । त्यसपछि ति यात्रुले विमान परिचारिकालाई गुहारे । परिचारिकाले तुरुन्तै प्रहरीलाई खबर गरिन् । 

त्यसपछि प्रहरीले ति महिलालाई विमानबाट उतारेर चौकी लिएर गए । महिलाको उक्त हर्कतका कारण विमानको उडान एक घण्टा ढिला हुन पुगेको थियो ।

 

प्रतिक्रिया दिनुहोस