aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

हिरो मोटोकर्पका अध्यक्ष पवनको घरमा छापा मारेपछि शेयर बजारमा पहिरो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १६ साउन २०८०
हिरो मोटोकर्पका अध्यक्ष पवनको घरमा छापा मारेपछि शेयर बजारमा पहिरो

एजेन्सी । हिरो मोटोकर्प लिमिटेडका अध्यक्ष तथा सीईओ पवन मुंजालको घरमा छापा प्रवर्तन निर्देशनालय (इडी)ले छापा मारेको छ । घरमा मंगलबार इडीले छापा मारेको हो । समाचार एजेन्सी पीटीआईको रिपोर्टका अनुसार ईडीले दिल्ली र गुरुग्राममा रहेको कार्यालय र घरहरूमा मनी लान्ड्रिङ रोकथाम ऐन अर्थात पीएमएलए अन्तर्गत यो कारबाही गरेको हो।

अगस्ट २०१८ मा पवन मुंजाललाई दिल्ली एयरपोर्टमा विमानबाट अफलोड गरिएको थियो। सीआईएसएफले उनीहरुसँगै यात्रा गरिरहेका अमित बाली नामका व्यक्तिबाट सुरक्षा जाँचमा ८१ लाख रुपैयाँ भारु बराबरको विदेशी मुद्रा पाएकाले यस्तो गरिएको हो । राजस्व गुप्तचर निर्देशनालयले यस विषयमा अनुसन्धान गरिरहेको थियो । 

ईडीको कारवाहीको खबर आएपछि हिरो मोटोकर्पको शेयर लगभग ३ प्रतिशतले घटेको छ । हिरो मोटोकर्पको स्टक दिउँसो ३ बजेतिर ३ हजार १०१ रुपैयाँमा थियो । कारोबारको क्रममा यो ३०३२ रुपैयाँको न्यून विन्दुमा पुग्यो । 

यसअघि २०२२ मार्च २२ मा आयकर (आईटी) विभागले मुंजालको घर र कार्यालयमा छापा मारेको थियो। त्यसपछि उनको खातामा नक्कली खर्च देखाएको आरोप लागेको थियो । आईटी टोलीले प्राप्त गरेको खाता विवरणमा केही आन्तरिक कम्पनीहरूको नाम पनि थियो।

फोर्ब्सका अनुसार सन् २०२२ को अन्त्यमा पवन मुंजालको कुल सम्पत्ति ३.५५ अर्ब डलर थियो। सन् २०२२ मा देशका धनी व्यापारीको सूचीमा मुञ्जाल ५६ औँ नम्बरमा थिए । योसँगै उनी २०२२ अर्बपतिको सूचीमा ९८४ नम्बरमा थिए। मुंजालका तीन सन्तान वसुधा मुंजाल, अन्नुव्रत मुंजाल र सुप्रिया मुंजाल छन् । 

हिरो मोटोकर्प विश्वको सबैभन्दा ठूलो दुई पाङ्ग्रे सवारी साधन निर्माण गर्ने कम्पनी हो। यसले ४० भन्दा बढी देशहरूमा आफ्नो व्यापार पर्याएको छ । कम्पनीसँग ग्लोबल बेन्चमार्कका ८ वटा उत्पादन प्लान्टहरू छन्। जसमध्ये ६ भारतमा रहेका छन् । कोलम्बिया र बंगलादेशमा १–१ प्लान्ट छन्। हिरो मोटोकर्पले भारतीय दुई पाङ्ग्रे सवारी साधनको ५० प्रतशितभन्दा बढी बजार हिस्सा ओगटेको छ।

प्रतिक्रिया दिनुहोस