
एजेन्सी । भारतीय रिजर्भ बैंक (आरबीआई) ले मंगलबारसम्ममा ८८ प्रतिशत २००० को नोट फिर्ता आएको जनाएको छ । जुलाई ३१सम्म २,००० रुपैयाँका भारु नोटहरूमध्ये ८८ प्रतिशत बैंकहरूमा फिर्ता भइसकेको आरबीआइले जनाएको छ। रिजर्भ बैंकले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘ बैंकहरूबाट प्राप्त जानकारीले जुलाई ३१ सम्म कुल ३.१४ लाख करोड रुपैयाँ मूल्यका २,००० रुपैयाँका नोटहरू सर्कुलेशनबाट फिर्ता लिएको देखाउँछ।’
१९ मे मा, आरबीआईले २,००० रुपैयाँको नोट सर्कुलेशनबाट फिर्ता लिने घोषणा गरेको थियो । यसका लागि उपभोक्तालाई भदौ ३० गतेसम्म यी नोटहरू बैंकमा जम्मा गर्न वा साट्ने सुविधा दिइएको छ ।
यस क्रममा ३१ जुलाईसम्म बैंकमा ३.१४ लाख करोड रुपैयाँका २ हजार रुपैयाँका नोट फिर्ता भएका छन् । अहिले २४,००० करोड भारु दरका दुई हजारका नोट मात्र चलनमा छन्।
बैंकिङ प्रणालीमा फिर्ता आउने २,००० रुपैयाँका नोटमध्ये ८७ प्रतिशत बैंकमा निक्षेपको रूपमा आएका थिए भने १३ प्रतिशत अन्य मूल्यका नोटहरूमा साटिएको थियो । केन्द्रीय बैंकले सर्वसाधारणलाई असुविधाबाट जोगिनका लागि सेप्टेम्बरसम्ममा आफ्नो कब्जामा रहेको २ हजार रुपैयाँका नोट बैंकमा जम्मा गर्न वा अन्य नोटसँग साट्न आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस