aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

अमेरिकाले ट्रेजरी बिलमार्फत्‌ उठाउँदैछ इतिहासकै दोस्रो ठूलो ऋण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १६ साउन २०८०
अमेरिकाले ट्रेजरी बिलमार्फत्‌ उठाउँदैछ इतिहासकै दोस्रो ठूलो ऋण

एजेन्सी । अमेरिकाको सरकारले चालु आर्थिक वर्ष २०२३ को तेस्रो त्रैमासको लागि १० खर्ब डलर भन्दा बढीको ट्रेजरी बिल मार्फत ऋण लिने घोषणा गरेको छ । यो त्रैमासिकको सुरुमा नगद ब्यालेन्सको अभाव भएको र त्यस्तो निक्षेप नै कम भएको कारणले अहिले लिन लागेको ट्रेजरी ऋण यसको इतिहास कै दोस्रो ठूलो हो ।

यसअघि अनुमान गरिए भन्दा यो ऋण २७४ अर्बले उच्च छ। त्यहाँको सरकारले तेस्रो त्रैमासिक वित्तीय अनुमानले सेप्टेम्बरको अन्त्यमा ६५० अर्ब डलर नगद सङ्कलन हुने अनुमान गरेको छ।

यदि ट्रेजरीले अपेक्षा गरेको रकम ऋण लियो भने यो तेस्रो त्रैमासिक अवधिमा अहिलेसम्म लिएको सबैभन्दा ठूलो ऋण हुनेछ। यसअघी सन् २०२० को दोस्रो त्रैमासिकमा ट्रेजरीले लिएको झन्डै ३० खर्ब डलर ट्रेजरी  बिक्री गरेको थियो । त्यो बेला अमेरिकी सरकारले कोभिड व्यापार बन्दका कारण खर्च बढाएको थियो ।

अमेरिकी ट्रेजरीले चौथो त्रैमासिकमा ८५२ अर्ब डलर ऋण लिने अनुमान गरेको पनि घोषणा गरेको छ । डिसेम्बरको अन्त्यमा ७५० अर्ब डलरको नगद ब्यालेन्स हुने अनुमानका आधारमा त्यस्तो निर्णय गरेको त्यहाँको सरकारले जनाएको छ ।

यहि आर्थिक वर्षको दोस्रो त्रैमासिकमा अमेरिकी ट्रेजरीले ६५७ बिलियन ट्रेजरी वन्ड जारी गर्‍यो र त्यो त्रैमासिक ४०२ बिलियन डलरको नगद ब्यालेन्सको साथ समाप्त भएको थियो ।

प्रतिक्रिया दिनुहोस