काठमाडौं । ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इनड्राइभका संस्थापक (फाउण्डर) तथा सीईओ आर्सेन टम्स्कीले आफ्नो पुस्तक ‘इनड्राइभरः फ्रम साइबेरिया टु सिलिकन भ्याली’को अनुवादित संस्करण जारी गरेका छन् । मंगलबार काठमाडौंमा एक पत्रकार सम्मेलनमा पुस्तकको लोकार्पण गरिएको हो ।
यो पुस्तक अब अंग्रेजी, स्पेनिश, पोर्चुगिज भाषापछि नेपालीमा उपलब्ध भएको छ । नेपाली भाषामा यसको पहिलो संस्करण सार्वजनिक गरिएको हो । विमोचन कार्यक्रममा बोल्दै इन्ड्राइभका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत आर्सेन टम्स्कीले पाठकहरूसँग यात्रा अनुभव साझा गर्न पाउँदा धेरै नै खुसी भएको सुनाए ।
उनले अगाडी भने, ‘इनड्राइभको जग र विकास मेरो लागि व्यावसायिक प्रयास मात्र होइन, एउटा गहिरो व्यक्तिगत र भावनात्मक यात्रा पनि हो । जसले मेरो जीवनलाई आकार दिएको छ, र यसको विकासको बारेमा लेख्नु परिवर्तनकारी भएको छ । म यस कार्यमा तपाईँहरुलाई निमन्त्रणा गर्न पाउँदा उत्साहित छु ।’
पुस्तकले आर्सेनको जिवन कथालाई अनावरण गरेको छ । साइबेरियामा जीवनको कठोर वास्तविकताहरू नेभिगेट गर्नेदेखि लिएर दृढ आत्मविश्वासका साथ प्राविधिक उद्यमशीलताको क्षेत्रहरूमा प्रवेश गर्ने विषयहरु समावेश छन्न् । कथाले उतार चढाव, जोखिम र पुरस्कारका साथै आर्सेनको यात्रालाई आकार दिने निर्णायक क्षणहरूलाई कैद गरेको छ ।
प्रविधि आविष्कारको केन्द्रबिन्दु, अवसर दुर्लभ देखिने याकुतियामा भएको विनम्र सुरुवातदेखि सिलिकन भ्यालीसम्म आर्सेनको जीवन कथा एउटा लगनशीलता, सामूहिक भावनायुक्त कार्य र नवप्रवर्तनको शक्तिको लागि प्रेरणादायी प्रमाण हो । ‘इनड्राइभरः साइबेरियाबाट सिलिकन भ्यालीसम्म’ एक आकर्षक कथा हो ।
प्रतिक्रिया दिनुहोस