aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

अमेरिकी उत्पादन क्षेत्रको वृद्धिमा संकुचन, ४६.४% मा झर्‍यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १६ साउन २०८०
अमेरिकी उत्पादन क्षेत्रको वृद्धिमा संकुचन, ४६.४% मा झर्‍यो

अमेरिकी उत्पादन क्षेत्रमा जुलाईमा लगातार नवौं महिना सङ्कुचन देखिएको मङ्गलबार सार्वजनिक एक सर्वेक्षणको तथ्याङ्कले देखाएको छ ।

आपूर्ति व्यवस्थापन इन्स्टिच्युट (आइएसएम) को उत्पादन सूचकांक जुनमा ४६.० प्रतिशत रहेकोमा गत महिना ४६.४ प्रतिशतमा झरेको छ र यसले संकुचनको सुस्त दरलाई संकेत गरेको थियो ।

आईएसएम सर्वेक्षण प्रमुख टिमोथी फियोरले भने, 'माग कमजोर छ तर जूनको तुलनामा थोरै राम्रो छ, कामको कमीको कारण उत्पादन सुस्त भएको छ, र आपूर्तिकर्ताहरूसँग आपूर्ति क्षमता मजबुत छ ।'

उनले भने, 'निकट भविष्यमा उत्पादनसँग राम्रो तालमेल गर्न थप रोजगारी कटौतीका संकेतहरू देखा परेका छन् । फेडरल रिजर्भको मौद्रिक नीतिमा कडाइले कम्पनीको खर्चमा पनि असर पारेको छ भने वस्तुको मागले उपभोगलाई सेवातर्फ मोड्न थालेपछि यो कमजोरी आएको हो ।'

गत वर्ष बढ्दो मुद्रास्फितिलाई नियन्त्रण गर्न अमेरिकी केन्द्रीय बैंकले मागलाई सहज बनाउन ब्याजदर घटाउँदै आएको छ र यसको कार्यले विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रलाई असर गरिरहेको छ ।

जुलाईको आईएसएम रिपोर्टले नयाँ अर्डरहरू र उत्पादन सूचकांकहरू दुबैले केही सुधार संकेत गरेपनि उत्पादन सङ्कुचनमा रहेको देखिएको छ । 

पेट्रोलियम र कोइला उत्पादनका साथै फर्निचर र सम्बन्धित उत्पादनहरू गरी दुई उत्पादन उद्योगहरूमा जुलाईमा वृद्धि भएको छ भने अन्य १६ वटामा सङ्कुचन आएको छ ।

रासायनिक उत्पादन क्षेत्रका एक सर्वेक्षण उत्तरदाताले भने, 'हाम्रो उद्योगमा बिक्री वर्षको उत्तराद्र्धसम्ममा पनि प्रगति अत्यन्तै सुस्त छ र कम्तिमा चौथो त्रैमासिकसम्म कुनै वृद्धि हुने अपेक्षा गरिएको छैन ।'

अर्का एक उत्तरदाताले चीनविरुद्ध सेमीकन्डक्टर व्यापार प्रतिबन्धले उत्तरी अमेरिकाको औद्योगिक व्यवसायमा ‘नकारात्मक प्रभाव’ पारेको उल्लेख गरे । 

यसैबीच, प्यान्थियन म्याक्रोइकोनोमिक्सका अर्थशास्त्रीहरूले हालैको एक रिपोर्टमा भनेका छन्, 'चीनको बजार पुनः खुल्दा व्यापक रूपमा वृद्धि अपेक्षा गरिएकोमा यसो हुन सकेको छैन ।'

'सामान्यतया: हामी उत्पादन नतिजा सुधारका केही संकेतहरू देख्छौं,' प्यान्थियन अर्थशास्त्रीहरूले बताए । 
 

प्रतिक्रिया दिनुहोस