aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

होटलमा जुवातास खेलिरहोका १० जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १७ साउन २०८०
होटलमा जुवातास खेलिरहोका १० जना पक्राउ

काठमाडौं । होटलमा जुवातास खेलिरहोका १० जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका ४ बसपार्कस्थित होटल कलेलमा जुवातास खेलिरहेको अवस्थामा डोटी पुर्वीचौकी गाउँपालिका ३ बस्ने २५ वर्षीय अमित बोहरा समेत १० जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४ हजार ८ सय १० रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस