aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

बाह्य मुलुकतर्फ लैजान लागेको मुद्रासहित चिनियाँ नागरिक पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १७ साउन २०८०
बाह्य मुलुकतर्फ लैजान लागेको मुद्रासहित चिनियाँ नागरिक पक्राउ

काठमाडौं । बाह्य मुलुकतर्फ लैजान लागेको मुद्रासहित चिनियाँ नागरिक पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको १ सय दरको १ हजार थान गरी जम्मा १ लाख चिनियाँ युआनसहित चिनियाँ नागरिक ५८ वर्षीय होङग होङगलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

एयर चाईनाको उडानद्वारा काठमाडौंबाट चीनको छेन्दु प्रस्थान गर्न लागेका उनलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उनको झोलाबाट उक्त चिनियाँ युआन फेला परेको हो । उनलाई आवश्यक अनुसन्धान एवम् कानूनी कारवाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाईएको छ ।

प्रतिक्रिया दिनुहोस