aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

चिप्स युद्ध :‘संशाधन राष्ट्रवाद’ सामू निरीह नव-उदारवाद

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १७ साउन २०८०
चिप्स युद्ध :‘संशाधन राष्ट्रवाद’ सामू निरीह नव-उदारवाद

एजेन्सी । अमेरिकाविरुद्ध तीव्र ‘चिप्स युद्ध’लाई लिएर चीनले हालै नयाँ फैसला लिएको छ । बेइजिङले सेमिकन्डक्टर उद्योग निम्ति अत्यावश्यक दुई वस्तु निर्यात रोक्ने तयारी थालिसकेको छ । 

नयाँ नियमअनुसार अब ग्यालियम र जर्मेनियम निर्यात गर्न विशेष अनुमतिपत्र (लाइसेन्स) लिनुपर्नेछ । चिप्स निर्माण र अन्य सामान निर्माणमा यी दुई रासायनिक तत्वको उपयोग हुने गरेको छ ।

चीनले यी नयाँ कदम यस्तो स्थितिमा चालेको छ कि जतिखेर अमेरिकाले आफ्नो एडभान्स माइक्रोप्रोसेसर प्रविधिमा पहुँच सीमित गरिदिएको छ ।

यतिखेर विश्वमै चीन ग्यालियम र जर्मेनियम निर्यातमा सबैभन्दा ठूलो खेलाडी हो । क्रिटिकल र मेटेरियल्स अलायन्स (सीआरएमए) का अनुसार चीनले विश्वमै सबैभन्दा धेरै, करिब ८० प्रतिशत ग्यालियम र ९० प्रतिशत जर्मेनियम उत्पादन गर्ने गरेको छ ।

चीनले आफूलाई चिप्स नदिने देशलाई नै सवक सिकाउन खोजेको छ । किनकी चिप्स बनाउने सामान त चीनले नै निर्यात गर्छ ।

यी रासायनिक तत्वलाई ‘माइनर मेटल्स’ अर्थात निकै छोटो धातु भनिन्छ । यी धातु प्रकृतिमा स्वतन्त्र रूपमा पाइँदैन । अन्य धातुबाट यी दुई पदार्थ निकालिन्छ । 

अमेरिकाले मात्र होइन, जापान र नेदरल्याण्डस्ले पनि चीनमा प्रविधि निर्यात रोकेको छ । यी दुई देश नै मुख्य चिप्स उपकरण निर्माता एएसएमएलको केन्द्र हो । 

लगानी फर्म बीएमओ क्यापिटल मार्केटका के कोलिन हेमिल्टनले बीबीसीसँग भनेका छन्, ‘चीनले गरेको घोषणा आकस्मिक होइन । बरू जापान र नेदरल्याण्डस् जस्ता मुलुकले चीनमाथि पहिल्यै प्रतिबन्ध लगाइसकेका छन् ।’ 

उनी थप्छन्, ‘यो बुझ्न निकै सजिलो छ । किनकी चीनले आफूलाई चिप्स नदिने देशलाई नै सवक सिकाउन खोजेको छ । किनकी चिप्स बनाउने सामान त चीनले नै निर्यात गर्छ ।’ 

‘संशाधन राष्ट्रवाद’लाई लिएर चिन्ता

अहिले विश्वका दुई ठूला अर्थव्यवस्थाबीच जस्तालाई तस्तै नीति कार्यान्वयन भइरहेको छ । यो नीतिले तथाकथित संशाधन राष्ट्रवादलाई थप बढावा दिने चिन्ता बढाएको छ । संशाधन राष्ट्रवादमा सरकारले महत्वपूर्ण वस्तु नियन्त्रण गर्छ । यसो गर्दा दोस्रो देशमा आफ्नो प्रभाव विस्तार गर्न सकिन्छ । 
बर्मिंघम विश्वविद्यालयमा महत्वपूर्ण सामग्रीका रिसर्च फेलो डा. ग्याबिन हार्परले यतिखेर सरकारहरू विश्वव्यापीकरणको भाष्यबाट पर गइरहेका देखिएको बताए । अन्तरराष्ट्रिय बजारले नै कुनै सामान उपलब्ध गराउने आइडिया अब पूरानो कुरा भैदिएको छ, उनी थप्छन्, अहिलेको परिस्थितिलाई हामीले सुक्ष्म रूपमा नियालेर हे¥यौं भने पश्चिमी देशका उद्योगहरूले अब अस्तित्वसम्बन्धी केही खतराको सामना गर्नुपर्ने हुनसक्छ । 
ग्यालियम आर्सेनाइड ग्यालियम र आर्सेनिकको एक यौगिक हो, जो उच्च फ्रिक्वेन्सी कम्प्युटर चिप्समा प्रयोग हुन्छ । एलईडी र सोलार प्यानलमा पनि यही यौगिक अत्यावश्यक पर्छ । 

सीआरएमएका अनुसार विश्वका केही कम्पनीले मात्रै विद्युतीय सामानमा आवश्यक ग्यालियम आर्सेनाइड उत्पादन गर्न सकिरहेका छन् ।

जर्मेनियमको प्रयोग चाहिँ माइक्रोप्रोसेसर र सोलार सेल्स बनाउन पनि प्रयोग हुन्छ । ह्यामिल्टनका अनुसार सेनाका लागि अत्यावश्यक भिजन गगल्स (चश्मा) बनाउन पनि यसैको प्रयोग हुन्छ । 

उनी थप्छन्, ‘यी वस्तु क्षेत्रीय आपूर्ति निम्ति एक विकल्प अत्यावश्यक छ । उच्च गुणस्तरको सेमिकन्डक्टर्सको विकल्प निकै मुस्किल छ । त्यसमाथि चीन हावी भएको अवस्थामा त यो कल्पना गर्न नै सकिँदैन । यी पदार्थ प्रशोधनका लागि थप जोड दिनुपर्छ ।’ 

अमेरिकी प्रयास

यतिखेर अमेरिकाले ग्यालियम र जर्मेनियमको आवश्यकता आफ्नै उत्पादनबाट पूरा गर्न भरमग्दूर प्रयास गरिरहेको छ । तर, अमेरिकासँग जर्मेनियमको भण्डार भए पनि ग्यालियमको भण्डार नभएको पेन्टागनका प्रवक्ताले नै बताइसकेका छन् ।

उनका अनुसार अमेरिकी रक्षा विभागले माइक्रोइलेक्ट्रिक्स र स्पेश सप्लाई चेनका लागि अत्यावश्यक ग्यालियम र जर्मेनियम समेत कयौं महत्वपूर्ण तत्व क्षेत्रीय स्तरमै निकाल्ने कदम चालिँदैछ । 

तर, अहिले चीनले यी पदार्थ निर्यातमा लगाएको प्रतिबन्धको प्रभाव निकै लामो समयसम्म पर्नेछ, चाहे त्यस्तो प्रभाव सीमित नै किन नहोस् । 

पोलिटिकल रिस्क कन्सल्टेन्सी यूरेसिया ग्रुपले चीन ग्यालियम र जर्मेनियमको प्रमुख निर्यातक भए पनि कम्प्युटर चिप्स उत्पादन निम्ति महत्वपूर्ण विकल्प रहेको दावी गरेको छ ।

सो ग्रुपका अनुसार चीन बाहिर पनि यी पदार्थ उत्खनन् र उत्पादन सुविधा उपलब्ध छ । एक दशकअघि पनि चीनले दुर्लभ खनिज संशाधन निर्यातमा यस्तै प्रतिबन्ध लगाएको र त्यसो गर्दा विश्व आपूर्ति श्रृंखलामा चीनको प्रभुत्व ९८ प्रतिशतबाट घटेर ६३ प्रतिशतमा सीमित भएको सो कन्सल्टेन्सीको विश्लेषण छ । 

चाइना कर्पोरेट अफेयर्स एण्ड यूएस–चाइनाको लागि यूरेशियाकी निर्देशक एना एस्टनले भनेकी छिन्, ‘ग्यालियम र जर्मेनियमको विकल्प विकास र उपयोग हुनेतर्फ नै हामीले अपेक्षा राख्न सक्छौं । यी पदार्थ भएका सामग्रीको प्रशोधन प्रयास र उपलब्ध विकल्पको पहिचान गर्न पनि सक्नुपर्छ ।’

उनका अनुसार चीनले हालै लगाएको प्रतिबन्ध यी पदार्थको बढ्दो माग, भू-रणनीतिक प्रतिष्पर्धा र अविश्वको नतिजा हो ।

गत वर्ष अक्टोबरमा अमेरिकाले एक नयाँ घोषणा गर्दै अमेरिकी सफ्टवेयर र प्रविधि प्रयोग गर्ने कम्पनीहरूले चीनतर्फ चिप्स निर्यात गर्न लाइसेन्स लिनुपर्ने बताएको थियो । विश्वभर जहाँ त्यस्ता कम्पनी भएपनि लाइसेन्स आवश्यक पर्ने अमेरिकाको शर्त थियो । 

अमेरिकाविरुद्ध चीनको आरोप

अमेरिकाले प्रविधि क्षेत्रमा एकाधिकार जमाउन खोजेको आरोप चीनले बारम्बार लगाउने गरेको छ । यो आरोप लाग्नुको मुख्य कारण अमेरिकाले आयात नियन्त्रणमा लागू गरेको नियम हो ।

हालैका महिनामा चीनले पनि अमेरिकी सेनासँग जोडिएका फर्महरूमाथि प्रतिबन्ध लगाएको छ । यस्तो प्रतिबन्ध भोग्नेमा एरोस्पेश कम्पनीदेखि लकहिड मार्टिनसम्म छन् ।

पश्चिमी मुलुकहरूले चाहिँ व्यापारमा चीनमाथिको निर्भरता कम गर्नुपर्नेमा जोड दिइरहेका छन् । कच्चा पदार्थ र तयारी सामान दुबैमा यस्तो निर्भरता कम गर्नुपर्ने उनीहरूको तर्क छ ।

तर, पश्चिमाहरूले यस्तो गरिहाल्न तत्काल सम्भव छैन । किनकी चीनबाट आयात भइरहेको सामान प्रतिस्थापन गर्नेगरी आफैंले उत्पादन बढाउन लामो समय लाग्नसक्छ । खासगरी ग्यालियम र जर्मेनियमजस्ता धातुका मामिलामा पश्चिमा मुलुकले अझै केही समय चीनमाथिको निर्भरता कम गर्न सक्ने छैनन् ।

चीन र क्यानडाजस्ता प्राकृतिक संसाधनमा धनी मुलुकहरूले चाहिँ यही झमेलाबीच आफ्ना लागि अवसर खोजिरहेका छन् ।

यस मामिलाका जानकारहरूले माइक्रोचिप्सलाई लिएर भइरहेका रस्साकस्सी राष्ट्रिय समस्याभन्दा माथि सम्पूर्ण मानवजातिको समस्या भएको बताइरहेका छन् । नीति निर्माताहरूले छलफलमार्फत ग्यालियम र जर्मेनियमजस्ता महत्वपूर्ण धातुको विकल्प खोज्नुपर्ने उनीहरूको भनाई छ ।

हालैका निर्यात निर्णयहरूको असर उद्योग या उपभोक्तामाथि तत्कालै नपरेपनि या विध्वंशकारी नभएपनि जानकारहरूले यसले दिएका संकेतबारे गम्भीरता देखाउनुपर्ने बताएका छन् ।

(बीबीसी हिन्दीबाट ।)

प्रतिक्रिया दिनुहोस