
एजेन्सी । भारतमा एक महिनादेखि टमाटरको भाउ उकालो लाग्ने क्रममा यस तरकारीको मूल्य आगामी दिनमा प्रतिकिलो तीन सय रुपैयाँ भारु पुग्ने थोक व्यापारीले अनुमान गरेका छन् ।
टमाटरको मूल्य थोक बजारमा प्रतिकिलो १ सय ६० बाट २ सय २० रुपैयाँसम्म बढेकोले खुद्रा बजारमा पनि भाउ बढ्न सक्ने उनले बताए । टमाटर, क्याप्सिकम लगायत मौसमी तरकारीको बिक्रीमा भारी गिरावट आएकाले तरकारीका थोक बिक्रेताले घाटा बेहोर्नुपरेको उनले बताए ।
दिल्लीस्थित आजादपुर टमाटर संघका अध्यक्ष तथा कृषि उत्पादन मार्केटिङ कमिटी (एपीएमसी)का सदस्य अशोक कौशिकले भने, 'टमाटरको आवत पछिल्लो तीन दिनमा घटेको छ किनभने भारी वर्षाले खेती गर्ने क्षेत्रमा बालीमा क्षति पुगेको छ।'
टमाटरको मूल्य थोक बजारमा प्रतिकिलो १ सय ६० बाट २ सय २० रुपैयाँसम्म बढेकोले खुद्रा बजारमा पनि भाउ बढ्न सक्ने उनले बताए । टमाटर, क्याप्सिकम लगायत मौसमी तरकारीको बिक्रीमा भारी गिरावट आएकाले तरकारीका थोक बिक्रेताले घाटा बेहोर्नुपरेको उनले बताए ।
आजादपुर तरकारी बजारका थोक व्यापारी सञ्जय भगतले पीटीआई(भाषालाई भने, “हिमाचल प्रदेशमा पहिरो र भारी वर्षाका कारण तरकारी ढुवानीमा निकै कठिनाइ भइरहेको छ। किसानबाट तरकारी ल्याउन सामान्यभन्दा ६–८ घण्टा बढी समय लाग्ने गरेको छ । यस्तो अवस्थामा टमाटरको मूल्य प्रतिकिलो रु तीन सय पुग्न सक्छ ।''
उनले हिमाचल प्रदेश, कर्नाटक र महाराष्ट्रबाट आउने टमाटर र अन्य तरकारीको गुणस्तर घटेको बताए । हिमाचल प्रदेशमा जुलाईमा भारी वर्षाका कारण बालीमा क्षति पुगेको छ । यसैबीच मदर डेरीले आफ्नो ‘सफल स्टोर’ मार्फत टमाटर प्रतिकिलो २५९ रुपैयाँमा बिक्री गरिरहेको छ ।
केन्द्र सरकारले जुलाई १४ देखि सहुलियत दरमा टमाटर बिक्री गरिरहेको छ । जसका कारण राजधानीमा खुद्रा मूल्यमा नरमाई आउन थाले पनि आपूर्तिमा कमी आएपछि फेरि मूल्य बढ्न थालेको छ ।
प्रतिक्रिया दिनुहोस