
काठमाडौं । दशैंको अवसरमा बजार सेल अफरले तातेको छ । काठमाडौंको महंगी शहर यस बेला दशैं आयो सेल अफर ल्यायोले ग्राहकलाई तताएका हुन् ।
अहिले दशैंको अवसरमा मात्र बजारका विभिन्न ठाउँसंगै पूरानै पसलमा पनि सेलको व्यवस्था व्यापारीहरुले गरेका छन् । बजार घुम्दा चाहे जस्तो समान किन्न उपभोक्ताले मंहगो भएर फर्किन थालेपछि यस्ता सेल अफर पसलको व्यवस्था गरेका छन् । गतका बर्षहरुमा सेल अफरले राम्रै मार्केट पाएका कारण यस बर्ष पनि दशैं आउनु अगावै देखि बजारमा दशैं आयो सेल अफर ल्यायो भन्दै पसलहरुले अफर दिन थालेका हुन ।
दशैं आयो सेल अफर ल्यायो पसलमा १५० देखि २५ सयसम्मको पाइन्ट, टिसर्ट जुत्ता लगायतका आइटम बेच्दै आएको न्युरोडका व्यापारी सोनम गुप्ताले बताए । उनले भने, अन्यबेला भन्दा दशैं, तिहार र छठमा ग्राहकहरु बढी आउने गरेका छन् अर्को पसल यस्तै पाइन्टको २५ सय भनेका थिए तपाईले त सेलमा ५सय मुल्य राख्नु भएको छ भनेर खुसी हुदैँ लग्छन् । मलाई लाग्छ हामीले खोलेका सेल पसलप्रति ग्राहक भने एकदमै खुसी भएका छन् ।
त्यस्तै मैतीदेवीमा लेडिज आइटमको सेल अफर ल्याएकी शोवी जोशी भन्छिन् । सेल अफरले ग्राहक र व्यापारी दुबैलाई फाइदा नै गरेको छ । व्यापारीको स्टोक समान पनि काम लाग्छ भने ग्राहकहरुको पनि चित्त बुझिन्छ । मैले कुर्ता सुरुवाल, टप्स्, लेहंगा, कुर्तिहरु र गाउन राखेकी छु ।
दिनकै राम्रो कमाई भइरहेको छ । दशैंको सेल अफर ल्याएको १० दिन जति भइसकेको छ । व्यापार पनि एकदमै राम्रो भइरहेको छ । दिनकै ३० हजार जतिको व्यापार हुदैं आएको छ । मेरो लागि यो भनेको राम्रै हो भनेर जोशीले सुनाइन् ।
असनमा दशैं सेल अफर थापेका रिदमले भने बच्चाका खेलौना देखि लिएर लुगा राखेको छु आफुलाई बेच्न भ्याइ नभ्याई भएको छ । दशैंमा एकातिर भिडभाड पनि बढेको छ । राजधानि बाहिर जानेको पनि चटारो परेको छ । राजधानि बाहिर जाने ग्राहक मात्र दैनिक ८० प्रतिशत आउने गरेको रिदमले बताए ।
न्यूरोडमा प्राय धेरै जसो पसलमा लेडिज र जेन्सकाहरुका लुगाको सेल राखेका छन् । ति सेल पसलहरुमा लुगा किन्नेको एकदमै घुइचो देखिन्छ । न्यूरोडको सेल पसलमा लुगा किन्दै गरेकी ४५ बर्षिय आकृति शर्माले भनिन् के गर्नु हाम्रो अवस्था हेरेर भएपनि यी व्यापारीले दशैंमा सेल पसल थापेका छन् । नभए त पूरानै लुगामा दशै जान्थ्यो होला भनेर सुनाइन् । कमाई खासै राम्रो छैन् छोराछोरी बुझ्दैन् दशैं टार्न नयाँ लुगा किन्न परिहाल्यो भनेर दखेसो सुनाइन् ।
प्रतिक्रिया दिनुहोस