aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

प्रतिबन्धित भारतीय रूपैयाँसहित दुई जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १८ साउन २०८०
प्रतिबन्धित भारतीय रूपैयाँसहित दुई जना पक्राउ

पर्सा । प्रतिबन्धित भारतीय रूपैयाँसहित दुई जना पक्राउ परेका छन् । वीरगंज महानगरपालिका १६ माई धिया पोखरीबाट प्रतिबन्धित भारतीय रूपैयाँ ५ सय दरका नोट २ सय ८० थान र नेपाली रूपैयाँ १ लाख ३३ हजार ५ सय रूपैयाँसहित तनहुँ आवुखैरनी गाउँपालिका ६ बस्ने ४० वर्षीय सुरेश दासलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

ईलाका प्रहरी कार्यालय नगवाबाट खटिएको प्रहरीले उनलाइ उक्त नगदसहित पक्राउ गरेको हो । यसैगरी पर्सा, वीरगंज महानगरपालिका १६ रजतजयन्ती चोकबाट प्रतिबन्धित भारतीय रूपैयाँ ५ सय दरको नोट १ सय ५० थानसहित भारत बेतिया ग्राम पञ्चायत जय नतिया ९ बस्ने २७ वर्षीय पप्पु प्रसादलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी ईनरुवाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त भारतीय रूपैयाँसहित पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस