
एजेन्सी । भारतीय व्यापारीहरु ५० जना बैंक डिफल्टरहरुलाई अझै पनि फरार सूचीबाट हटाउन सकेको छैन । भारतको वित्त मन्त्रालयले मंगलबार राज्यसभालाई बताएको छ कि शीर्ष ५० डिफल्टरहरूले मार्च १३, २०२३ सम्म बैंक र वित्तीय संस्थाहरूमा ८७,२९५ करोड रुपैयाँ भारु तिर्न बाँकी छ। यी जानीजानी डिफल्टरहरूमा फरार मेहुल चोक्सीको गीताञ्जली जेम्स लिमिटेड, ऋषि अग्रवालको एबीजी शिपयार्ड लिमिटेड, आरईआई एग्रो लिमिटेड र इरा इन्फ्रा इन्जिनियरिङ लिमिटेड पर्छन्।
वित्त राज्यमन्त्री डा भागवत कराडले राज्यसभालाई लिखित जवाफमा भने, ‘शीर्ष १० डिफल्टरहरूले अनुसूचित वाणिज्य बैंकहरूलाई ४०,८२५ करोड रुपैयाँ तिर्न बाँकी छ। अर्कोतर्फ, फरार मेहुल चोक्सीको गीताञ्जली जेम्स सबैभन्दा ठूलो विलफुल डिफल्टर हो। यसमा बैंकहरुको ८,७३८ करोड रुपैयाँ तिर्नुपर्ने छ ।’
गीताञ्जली जेम्सका अध्यक्ष रहेका मेहुल चोक्सी र नीरव मोदीमाथि मुम्बईस्थित पञ्जाब नेशनल बैंकको ब्राडी हाउस शाखामा १४ हजार करोडभन्दा बढीको घोटाला गरेको आरोप छ। सन् २०११ देखि २०१८ सम्म बैंकका अधिकारीहरूको मिलेमतोमा नक्कली लेटर अफ अंडरटेकिङ्स (एलओयू) मार्फत विदेशी खातामा रकम पठाइएको थियो।
उद्योगी हेमसिंह भरणाले देशका प्रायः सबै प्रमुख बैंकलाई ठगी गरेका थिए । मोडस अपरेन्डी सरल थियो । उनको कम्पनी इरा इन्फ्रा इन्जिनियरिङ लिमिटेड अन्तर्गत ऋण लिने र त्यसपछि नतिर्ने। भरणाले ३० भन्दा बढी संस्था र करिब ३,००० घर खरिदकर्तालाई १६,००० करोड रुपैयाँको ठगी गरेको थियो।
प्रतिक्रिया दिनुहोस