aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

जलवायु मुद्दामा चीन गम्भीर नभएको अमेरिकी आरोप

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १९ साउन २०८०
जलवायु मुद्दामा चीन गम्भीर नभएको अमेरिकी आरोप

एजेन्सी । अमेरिकाले जलवायु मुद्दामा चीन गम्भीर नभएको आरोप लगाएको छ । आफ्ना राजनीतिक लक्ष्य हासिल गर्न बेइजिङले विश्वलाई बेवास्ता गरेको आक्षेप पनि वासिङ्टनले लगाएको हो ।

जलवायु परिवर्तनका प्रतिकूल प्रभाव कम गर्ने सन्दर्भमा चिनियाँ अधिकारीहरूसँग वार्ता गर्न हालै बेइजिङ पुगेका अमेरिकी जलवायु दूत जोन केरीलाई चीनका उपराष्ट्रपति हान झेङले जलवायु परिवर्तनका मुद्दालाई सम्बोधन गर्न चीन तयार रहेका तर त्यसका लागि चीनका राजनीतिक माग पूरा हुनुपर्ने शर्त अघि सारेका थिए ।

पारस्परिक सम्मानमा आधारिकत चीन–अमेरिका सम्बन्धलाई अघि बढाउन बेइजिङ तयार रहेको, जलवायुसम्बन्धी मुद्दामा पनि बहस गर्न प्रतिबद्ध रहेको तर ताइवान मामिला, दक्षिण चीन सागर विवादलगायत विषयमा अमेरिकी हस्तक्षेप अस्वीकार्य हुनेमा उनले जोड दिएको चिनियाँ सरकारी समाचार समिति सिन्ह्वाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस