aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

पाँच लाख नगदसहित जुवा खेलिरहेको २२ जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १९ साउन २०८०
पाँच लाख नगदसहित जुवा खेलिरहेको २२ जना पक्राउ

लमजुङ । जुवा खेलिरहेको अवस्थामा २२ जना पक्राउ परेका छन् । मर्स्याङदी गाउँपालिका ९ डेरा गरी बस्ने सोही गाउँपालिका ३ घर भएका ४० वर्षीय धन बहादुर तामाङको कोठामा जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही गाउँपालिका ३ बस्ने ३६ वर्षीय मिनराज तामाङ समेत २२ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख ७० रूपैयाँ र कौडा १६ थानसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस