aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

अन्तर विद्यालय स्तरीय कविता प्रतियोगिता हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १९ साउन २०८०
अन्तर विद्यालय स्तरीय कविता प्रतियोगिता हुने

काठमाडौं । नेपाली भाषा र साहित्यको श्रीवृद्धि गर्ने उद्देश्यअनुरूप डियरवाक सिफल स्कुलले अन्तर विद्यालय स्तरीय कविता प्रतियोगिता आयोजना गर्ने भएको छ । उक्त कार्यक्रम दुई चरणमा सम्पन्न हुने भएको हो । 

यही श्रावण २६ गते स्थलगत कविता लेखन र भाद्र २ गते फाई लन कार्यक्रम रहेको छ । स्थलगत कविता लेखनमा प्रतियोगीहरूले तोकिएका शीर्षकमध्ये गोला प्रथाद्वारा आफूलाई परेको शीर्षकमा कविता लेख्ने छन् ।  लिपिबद्ध कविताहरूलाई विद्यार्थी स्वयंले खाम बन्दी गर्ने छन् । उक्त कविताहरूलाई विद्यार्थीहरूले भाद्र २ गतेका दिन वाचन गर्ने छन् । 

कविता वाचनपश्चात् सहभागी विद्यार्थीहरू प्रमाणपत्रद्वारा र विजयीहरू पुरस्कार तथा पदकद्वारा सम्मानित हुने छन् । कार्यक्रममा निर्णायकको भूमिकामा कवि रामबाबु सुवेदी, साहित्यकार अनन्त वाग्ले र आयोजक विद्यालयका शिक्षक प्रतिनिधि लक्ष्मी तिवारी रहने छन् । कार्यक्रममा आयोजक विद्यालयका विद्यार्थीहरूले अप्रतियोगी कविका रूपमा आफ्ना कविता वाचन गर्ने छन्।  

प्रतिक्रिया दिनुहोस