aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

मेयर बालेन अब तीन वर्षमा डाक्टर बालेन्द्र !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २० साउन २०८०
मेयर बालेन अब तीन वर्षमा डाक्टर बालेन्द्र !

काठमाडौँ । मेयर बालेन अब डा. बालेन्द्र बन्ने भएका छन् । अबको तीन वर्षमा काठमाडौँ महानगर पालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले विद्यावारिधि डिग्री हाँसिल गरेपछी डाक्टर बालेन्द्र बन्ने भएका हुन्। 

काठमाडौँ विश्वविद्यालयबाट उनले सो डिग्रीका लागि  छात्रवृत्ति प्राप्त गरेका हुन् । उनले  'पर्यटन र आर्थिक गतिविधि प्रवर्धन गर्न नेवारी सम्पदाहरूको संरक्षण' विषयमा विद्यावारिधि गर्ने भएका छन् ।  उनले सो विश्वविद्यालयमा तीन वर्ष छात्रवृत्तिमा सो अध्यायनको अवसर प्राप्त गरेका हुन् ।

आफुले विद्यावारिधि अध्ययनको लागि अवसर प्राप्त गरेको मेयर बालेनले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन् ।  

(यसअघि यो समाचारमा केही अस्पष्टता भएकोमा सो सच्चाईएको छ - स.)

प्रतिक्रिया दिनुहोस