aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

बीआरआइ टोलीले भेट्यो एमाले महासचिव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २१ साउन २०८०
बीआरआइ टोलीले भेट्यो एमाले महासचिव

काठमाडौं । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलसँग चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआइ) परियोजनाको टोलीले आज भेट गरेको छ .।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयका भएको उक्त भेटमा रेलमार्गसँग सम्बन्धित विषयमा छलफल भएको थियो ।

महासचिव पोखरेलसँग चिनियाँ टोलीले केरूङ–काठमाडौँ–लुम्बिनी रेलमार्ग निर्माणबाट हुने आर्थिक, सामाजिक विकास तथा रेलमार्ग निर्माणले जनजीवनमा ल्याउने परिवर्तनलगायत विषयमा चासो व्यक्त गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस