aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

भारतको उत्तराखण्डको गौरीकुण्डमा पहिरोमा परि १७ जना नेपाली वेपत्ता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २१ साउन २०८०
भारतको उत्तराखण्डको गौरीकुण्डमा पहिरोमा परि १७ जना नेपाली वेपत्ता

एजेन्सी । उत्तराखण्डको गौरीकुण्डमा पहिरोमा परी ३ जनाको मृत्यु भएको छ भने २० जना बेपत्तामध्ये १७ जना नेपाली भएको भारतीय सञ्चारमाध्यमले जनाएको छन् । उत्तराखण्डका डीजीपी अशोक कुमारले रुद्रप्रयाग जिल्लाको केदारनाथ धाम यात्रा मार्गमा शुक्रबार दुर्घटना भएको बताए । उद्धार टोलीले खोजी कार्य गरिरहेको छ । 

उत्तराखण्डको टिहरी गढवाल जिल्लामा शनिबार राति वर्षाका कारण घरको पर्खाल भत्किएको छ । पर्खालले पुरिएर दुई बालबालिकाको मृत्यु भएको छ । अर्कोतर्फ नैनीतालमा पुलमाथिबाट गुज्रिरहेको बस पल्टिएको छ । बसमा सवार ३५ जनाको जेसीबीबाट उद्धार गरिएको छ ।

आइतबार बिहान जम्मु कश्मीरको रामबन जिल्लामा पनि पहिरो गएको थियो । जसका कारण जम्मु–श्रीनगर राष्ट्रिय राजमार्ग टी–२ सुरुङ नजिकै अवरुद्ध भएको थियो । घण्टौंको प्रयासपछि प्रशासनले भग्नावशेष हटाएर सडक यातायातका लागि खुला गरेको थियो ।

मध्य प्रदेशको सतना जिल्लामा शनिबार साँझ बकिया ब्यारेजका १३ वटा ढोका खोलिएको छ । जसका कारण रेवाको तराई क्षेत्रमा बाढीको जोखिम बढेको छ । उत्तराखण्डमा पर्खालको भग्नावशेषमुनि दबिएका दुबै बालबालिकालाई प्रहरीले अस्पताल पुर्याएको थियो । 

हरियाणा, दिल्ली, हिमाचल प्रदेश, उत्तर प्रदेश, उत्तराखण्ड, मध्य प्रदेश, मध्य महाराष्ट्र, ओडिशा, बिहार, झारखण्ड, सिक्किम, पश्चिम बंगाल, असम, मेघालय, अरुणाचल प्रदेश, नागाल्याण्ड, मिजोरम, मणिपुर, त्रिपुरा क्षेत्रमा बाढी पहिरोले क्षेति पुर्याएको छ । 

प्रतिक्रिया दिनुहोस