aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

कार्यकक्षमै मातेका मालपोत कार्यालयका हाकिम पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १० असोज २०७६
कार्यकक्षमै मातेका मालपोत कार्यालयका हाकिम पक्राउ

महोत्तरी ।  मालपोत कार्यालय महोत्तरीका कार्यालय प्रमुख भुपबहादुर बोगटी मदिरा सेवन गरेर कार्यालय गएको आरोपमा पक्राउ परेका छन् ।

कार्यालय समयमा मदिरा पिएर सेवाग्राहीमाथि नै अपशब्द बोलेपछि कार्यालय प्रमुख बोगटीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

शुक्रबार दिउँसो २ः३० बजेरित बोगटीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) माधव बुढाथोकीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार मालपोत प्रमुख बोगटी यसअघि पनि मदिरा सेवन गरेर कार्यालय जाने गरेका थिए ।

सार्वजनिक स्थानमा मदिरा सेवन गरेर झै–झगडा गर्ने व्यक्तिलाई सार्वजनिक अपराधअन्तर्गत मुद्दा प्रक्रिया अगाडि बढाउन सकिने कानून प्रावधान छ । तर, मालपोत प्रमुख बोगटीले भने पदीय ‘शक्ति’को आडमा छुट पाउँदै आएको मालपोत कार्यालय महोत्तरीका एक कर्मचारीले बताए ।

प्रतिक्रिया दिनुहोस