aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

नागढुङ्गा–नौबीसे सुरुङको ‘रेस्क्यू टनेल’ आज  ‘ब्रेक थ्रू’ हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २२ साउन २०८०
नागढुङ्गा–नौबीसे सुरुङको ‘रेस्क्यू टनेल’ आज  ‘ब्रेक थ्रू’ हुने

काठमाडौं । नागढुङ्गा–नौबीसे सुरुङमार्गको ‘रेस्क्यू सुरुङ (उद्धार सुरुङ) को सोमबार ‘ब्रेक थ्रू’ हुने भएको छ । विसं २०७६ कात्तिक ४ गते सुरुङको शिलान्यास भएको थियो । ‘रेस्क्यू टनेल’ को  आज खनिसकिने भएको छ ।  

आज दिउँसो भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला पुगेपछि रेस्क्यू टनेलको ‘ब्रेक थ्रू’ हुने सडक विभाग, विकास सहायता समन्वय महाशाखाका प्रमुख डा. विजय जैसीले बताए । 

साढे दुई किलोमिटर लम्बाइ रहेको नागढुङ्गा–नौबीसे सुरुङ मार्गको ‘रेस्क्यू टनेल’ सँगै मुख्य सुरुङको काम पनि अब १८ प्रतिशतमात्र बाँकी रहेको छ । दुई दशमलव छ किमी लम्बाइ रहेको मुख्य सुरुङको पाँच सय छ मिटर बाँकी रहेको आयोजनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस