aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

राहुल गान्धीको लोकसभा सदस्यता पुनर्स्थापित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २२ साउन २०८०
राहुल गान्धीको लोकसभा सदस्यता पुनर्स्थापित

एजेन्सी । भारतीय काँग्रेसका नेता राहुल गान्धीको लोकसभा सदस्यता पुनर्स्थापित भएको छ। लोकसभा सचिवालयले मंगलबार सूचना जारी गर्दै उनको संसदपद बहाली भएको जनाइएको हो । लोकसभाको कार्यवाही बिहान ११ बजे सुरु भएपनि राहुल लोकसभा पुगेनन् । यसैबीच, मणिपुर मुद्दामा हंगामा भएपछि लोकसभाको कार्यवाही दिउँसो १२ बजेसम्मका लागि स्थगित गरिएको छ।

मोदी उपनाम मानहानि मुद्दामा, मार्च २३ मा, राहुललाई तल्लो अदालतले दुई वर्षको सजाय सुनाएको थियो। त्यसको २४ घण्टाभित्र चैत २४ गते सांसद छाडेका थिए । त्यसपछि गुजरात उच्च अदालतले पनि उक्त सजायलाई कायम राखेको थियो । यसविरुद्ध राहुलले सर्वोच्च अदालतमा निवेदन दिएका थिए । १३४ दिनपछि अगस्ट ४ मा अदालतले यस मामिलामा राहुलको सजाय रोकेको थियो ।

प्रतिक्रिया दिनुहोस