aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

जापानमा कामदार लैजानका लागी लक्की ड्र गरिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ११ असोज २०७६
जापानमा कामदार लैजानका लागी लक्की ड्र गरिने

काठमाडौं । जापानमा रोजगारीका लागि शुक्रबारदेखि अनलाइन आवेदन खुलेको छ। जापान जान चाहने इच्छुक व्यक्तिले अनलाइनमार्फत आवेदन दिन पाउनेछन्। शुक्रबारदेखि सुरु भएको अनलाइन आवेदन असोज १६ गतेसम्म दिन पाइनेछ। जापान फाउन्डेसनका अनुसार इच्छुक सबैले आवेदन दिन पाए पनि जापानिज रोजगारीका लागि एक हजार जनाले मात्र भाषा परीक्षामा सहभागी हुन पाउनेछन्।

आवेदन दिएका मध्येबाट सफ्टवेयरको सहायताले लक्की डुमार्फत आवेदक छानिनेछन्। जापानले पहिलो चरणमा नर्सिङ केयर (केयर गिभर)का लागि नेपाली कामदार लैजान लागेको हो। भाषा परीक्षाका लागि जापानले लक्की डमार्फत एक हजार जना छनोट गनेछ। भाषा परीक्षामा उत्तीर्ण भएका मात्र केयर गिभरका लागि जापान जान पाउनेछन्।

भाषा परीक्षाका लागि जापानले असोज २२ गते मात्रै नतिजा प्रकाशन गर्नेछ। लक्की ड्रमार्फत छानिएकाले असोज २४ गते दुई हजार पाँच सय रुपैयाँ तिरेपछि मात्रै भौचर पाउँछन्। नेपाली कामदारका लागि जापान आकर्षक मुलुक हो। जापानीसरह सेवासुविधा पाइने भएकाले जापान जान चाहनेको संख्या अत्यधिक छ। झन्डै एक लाखभन्दा बढीले जापानीभाषा अध्ययन गरिरहेको बताइन्छ।

जापान जान चाहतंकी संख्या अधिक हिन संकेत देखिएसँगै जापानल लक्की ड्रमार्फत छोटो सूची बनाएर भाषा र सीपको परीक्षा लिने योजना बनाएको हो। भाषा परीक्षाका लागि आवेदन दिदा कुनै शुल्क लाग्दैन। जापानले युनिभर्सल ल्याडवेज एन्ड कम्प्युटर इन्स्टिच्युटबाट कम्प्युटरमा आधारित भाषा र सीप परीक्षा सञ्चालन गर्नेछ। कात्तिक १०, ११ र १२ गते पहिलो चरणमा हुने छ ।  यो समाचार आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस