aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

२४ घण्टाको मौसम पूर्वानुमान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २३ साउन २०८०
२४ घण्टाको मौसम पूर्वानुमान

काठमाडौं । नेपालमा मनसुनी वायुको साथै बंगलादेशको उत्तरी भू(भागमा तथा आसपास रहेको न्यून चापीय प्रणालीको  प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर  स्थान  भन्दा  उत्तरतिर (नेपाल नजिक)  अवस्थित  रहेको  छ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मंगलबार दिउँसो  देशभर सामान्य देखि पूर्ण बदली  रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशको केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 मधेश, बागमती र गण्डकी प्रदेशका थोरै तथा कोशी र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ। मधेश र बागमती प्रदेशका एक=दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको  जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस