aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

यी स्थानमा पानीको सतह बढेकाले सतर्कता अपनाउन आग्रह

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २३ साउन २०८०
यी स्थानमा पानीको सतह बढेकाले सतर्कता अपनाउन आग्रह

काठमाडौं । गएरातिदेखि परेको वर्षाको कारण उपत्यकाको जनजीवन अस्तव्यस्त बनको छ ।  साउन २३ बिहान ६ बजे काठमाडौं उपत्यकाको बुढानिलकण्ठ, सुन्दरीजल, नगरकोट र आसपास  भारी बर्षा भएको, विष्णुमती, धोविखोला, मनोहरा, बागमती लगायतमा जलसतह बढिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

 सतर्कता तह नजिक पुगेकोले उपत्यकाको नदी तटीय क्षेत्रहरूमा  रहनेहरू तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूले बिहान ११ बजे सम्म उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । 

प्रतिक्रिया दिनुहोस