काठमाडौं । दसैं नजिकिएसँगै खसी-बोकाको आयात सुरु भएको छ। गत फागुन महिनामा सरकारले खसी-बोका आयात गर्दा भारत सरकारबाट जारी गरिएको स्वास्थ्यप्रमाणपत्र अनिवार्य गरेपछि खसी-बोकाको आयात रोकिएको थियो। तर, खसी-बोका आयात नभएको८ महिनापछि दसैलाई लक्ष्य गर्दै पहिलोपटक कपिलवस्तुको कृष्णनगर नाकाबाट एक गाडी खसी- बोकाको आयात भएको छ।
बाँके जिल्ला जैशपुर ६ का मोहम्मद अकारमले ८ महिनापछि पहिलोपटक भारत सरकारले जारी गरेको स्वास्थ्यप्रमाणपत्रसहित १५० वटा खसी-बोका आयात गरेको बेलहिया पशु क्वारेन्टाइनका प्रमख डा. शिवलाल भुसालले जानकारी दिए। फागुन २६ गतेदेखि पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ नियमावली ५६ अनुसार पशु, पशुजन्य पदार्थ, पशु उत्पादन सामग्री आयात गर्दा अन्तर्राष्ट्रिय स्वास्थ्यप्रमाणपत्र लिएको हनुपर्ने व्यवस्था भएबमोजिम नियमावलीअन्तर्गत रहेर प्रमाणपत्र लिई पशु क्वारेन्टाइनले चेकजाँच गरेर खसी बोका भित्र्याइएको हो।
फागुनयता यसबाहेक देशको कुनै पनि नाकाबाट असोज ८ सम्म वैधानिक रूपमा खसी-बोका भित्रिएको तथ्यांक छैन। नेपालमा स्वास्थ्य खसी-बोका आयात गराउने उद्देश्यले यो व्यवस्थामा कडाई गरिएको प्रमुख भुसालले बताए। रूपन्देहीमा खसीको मास प्रतिकिलो आठ सय रुपैयाँ छ भने आयात नभएको कारण देखाउँदै काठमाडौंमा खसीको मासको प्रतिकिलो करिब एक हजार ३ सय रुपैयाँसम पुर्याइएको छ। व्यवसायीले आयात नभएको कारण देखाउँदै दसैंमा नेपालमा उत्पादन भएका खसी-बोकाको मूल्यवृद्धि गर्ने सम्भावना रहेको देखिएको छ।
भारतको दिल्ली, कोलकत्ता, मुम्बई, चेन्नई, हैदराबाद र बैंगलोर गरी ६ स्थानबाट मात्र पुश स्वास्थ्य प्रमाणपत्र जारी हुने गर्छ। यो समाचार आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस